छन्द –
द्रुतविलम्वित
जगतमा नव-मानव भो अरे
फगत-मा-नव मानव जो छ रे ।
छ त कुनै उस-मा-नवता कतै
भन सखे ! मन-मा-नवता भए ।।१।।
पर छ जो उस-मा- नवता-समा
छ लत धेर् उसको मधु-मांसमा
तर नि भन्छ सधैँ छ विवेक् ममा ।।२।।
न छ दया अनि सत्य, पवित्रता
नियम, ज्ञान र ध्यान, सुमित्रता ।
छ त कतै नव चिन्तन वेदको
सकल लोक छ व्यापक भेदको ।।३।।
न छ कुनै उसमा-नव संस्कृति
न छ कुनै उसमा नव आकृति ।
तर नि ऊ नव-मानव भो अरे
फगत-मा-नव मानव जो छ रे ।।४।।
भन न मानव-मा-नवता गयो
अब त मा-नव दानव पो भयो ।
र पनि भन्छ म मानव हो अरे
जगतमा नव-मानव भो अरे ।।५।।
2076/11/24 गते शनिबार
No comments:
Post a Comment