Saturday, April 11, 2020

कविता ः मनका विषाणु

२०७६।१२।२९

छन्द – उपजाति‌ ‍
बसी घरैमा म त लड्न सक्छु
यो बाह्यको कोरन जित्न सक्छु ।
मभित्रकै कोरनले सतायो
क्वारेनटाईन भए म बस्छु ।।१।।
म सेनिटाईजर नै घसूँ कि ।
वा आइसोलेसनमा बसूँ कि
ए वैद्य बा साबन छैन त्यस्तो ?
जाओस् मनैको सब कल्मषै पो ।।२।।
छ काम औ क्रोध र लोभ मोह
मात्सर्य ईर्ष्या अति नै छ घोर ।
मेरा मनैमा छ विषाणु धेरै
हो सत्यले हीन छ ध्यान मेरै ।।३।।
सर्यो भने यो कति नष्ट गर्ला
व्यथा छिटै यो कसले त हर्ला ।
भए बताऊ उपचार गर्ने
होला कतै माक्स र यो नसर्ने ।।४।।
मगाइदेऊ पिपिई कसैले
गरौँ न चाँडो उपचार पैले
भनी कुनै डाक्टर आइदेओस्
भए कुनै औषधि ख्वाइदेओस् ।।५।।
खोज्नोस् न वैज्ञानिक दाजुभाइ
अचूक होस् त्यो मनको दबाई ।
मरुन् सबै यी घरका विषाणु
होओस् कुनै भ्याक्सिन एक सानु ।।६।।

No comments:

Post a Comment