सन् १८८४ (वि. सं. १९४१) पौष शुक्ल पक्षएकादशीका दिन पं. दुर्गादत्त र बसुन्धरा देवीकाकोखबाट पश्चिम ३ नम्बर कास्की, पोखरामालेखनाथ पौड्यालको जन्म भएको हो। नेपालीसाहित्यमा ६ दशकसम्म आफ्नो योगदान दिएरसन् १९६५ (वि. सं. २०२२) बयास्सी वर्षको बृद्धउमेरमा आफ्नो इहलीला समाप्त गरे। पुरानैसंस्कारअनुसार प्रारम्भिक शिक्षा घरैमा लिएकालेखनाथले पन्ध्र वर्षको उमेरमा काठमाडौंरानीपोखरी तीनधारा संस्कृत छात्रावासमा भर्नाभई संस्कृतको अध्ययन गर्न थाले। तात्कालिकशैक्षिक व्यवस्थाअनुसार मध्यमा परीक्षा दिनजानुपर्ने हुनाले उनले त्यहाँ गएर मध्यमा परीक्षा उत्तीर्ण गरे।1 रानीपोखरी तीनधारासंस्कृत छात्रावासमा हुँदादेखि नै उनको कविताभ्यासले विशेष गति लिएको हो भन्नेबासुदेव त्रिपाठीको भनाइ छ।2 समस्यापूर्तिका माध्यमबाट काव्य-लेखनको अभ्यास सुरुगर्ने लेखनाथको प्रथम र महत्त्वपूर्ण कविता वर्षा-विचार सन् १९०९ मा माधवीमा प्रकाशितभयो। यसअघि कविताकल्पद्रुम सन् १९०५ मा प्रकाशित भएको देखिन्छ। यसका साथैसंस्कृतमा गरिएको सम्यापूर्ति पाठशाला विशाला पनि सुरक्षित उपलब्ध छ भन्नेसमालोचक वासुदेव त्रिपाठीको भनाइ छ।3 त्रिपाठीअनुसार लेखनाथका प्राथमिकप्रकाशित नेपाली कविताहरू श्रृङ्गारपच्चीसी अनिमानसाकर्षिणी हुन्। लेखानाथकाप्रारम्भिक चरणका कविताहरू तत्कालीन नेपाली साहित्यामा व्याप्त शृङ्गारिक प्रवृत्तिलेप्रभावित भएका देखिन्छन्। तर उनको मौलिक कविताधाराको मूल प्रवर्तन भने माधवीपत्रिकाका माध्यमबाट भएको हो। सन् १९५१ मा कविशिरोमणी पदवीद्वारा विभूषित रत्यसको लगत्तै तीन वर्षपछि सन् १९५४ मा विराट् रथयात्राद्वारा अभिनन्दित हुने लेखनाथनेपाली साहित्यका कविमहर्षि हुन्।
क्षणिक भौतिक सुख-विलास नै दुःखको कारण हो। अनि त्यसै भोग-विलासका मदलेमानवीय मूल्यहरू निस्सार हुँदै गएको रहस्यहरू उनका कविताका साझा सन्देशहरू हुन्।अज्ञान,निरक्षर अनि ज्ञानशून्य नेपाली समाजलाई नैतिकता अनि सांस्कृतिकजागरूपताको सन्देश उनले आफ्ना प्रत्येक कविताका श्लोकहरूमा दिएका छन्।लेखनाथका काव्य-कृतिहरू यसप्रकार छन्- ऋतुविचार (सन्१९१६/१९३५), बुद्धिविनोद(सन् १९१६/१९३७), भत्तृहरि निर्वेद नाटक (सन् १९१५), पञ्चतन्त्र अनुवाद (सन्१९२७),लक्ष्मीपूजा नाटक (सन् १९३७),सत्यकलि संवाद (सन्१९३९), तरूण तपसी (सन्१९५३),लालित्य (भाग१),लालित्य (भाग२), मेरो राम (सन् १९५४), गंगा-गौरी (अपूर्ण महाकाव्य),तथा अभिज्ञान शाकुन्तल अनुवाद (सन् १९५८), गीतासार ,सप्तस्मृति,त्याग र उदयकोप्रकाश, गीताञ्जलि आदि।
२प्रकृति-परिवेश
विधिको अकृत्रिम अनुपम सिर्जना, सम्वेदनशील अनि हरियालीयुक्त वन-जंगल,पशु-पक्षी, कीट-पतङ्ग, खोला-नाला,पहाड-कन्दरा,समतल,मरुभूमि,ऋतुचक्र आदि तथापृथ्विमा यिनको अस्तित्व, व्यवस्था र सञ्चालन प्रक्रियालाई हामी साधरणतः प्रकृतिभन्दछौ। प्रकृति आफैमा पूर्ण र परिवर्तनशील पनि छ। वास्तवमा दृष्टिगोचरवस्तुहरूलाई हामी प्रकृति भन्दछौं। मानव निर्मित वस्तु वा संरचनाबाहेक संसारमा जेजति पनि हामी देख्छौँ वा चाल पाउँछौँ त्यसको समग्रता नै प्रकृति हो। प्रकृति आफैँमापूर्ण र परिवर्तनशील पनि छ। तर यसमा भइरहेका सूक्ष्म परिवर्तनका एकाइहरूलाईहामी उपेक्षा गरिरहेका हुन्छौँ तर यसको परिवर्तनशील संस्कृति नै वास्तविक प्रकृति हो।परिवर्तनशील संस्कृति भन्नाले पारिस्थितिक प्रणाली वा एकाइ बुझिन्छ। वास्तवमासम्पूर्ण पृथ्वी नै एक बृहत् पारिस्थितिक प्रणाली हो र मानवमा पनि यस एकाइको एउटाआवश्यक अङ्ग हो। प्रकृति मानवद्वारा निर्मित कुनै कला वा वस्तु होइन। अतः मानवकालागि प्रकृति एउटा आदर्शको प्रतिरूप हो जसको क्षेत्र अत्यन्तै व्यापक छ। मूलतःप्रकृतिका पाँच तत्त्वहरू आकाश, वायु ,अग्नि, जल र पृथ्वीका उचित मात्राकै रासायनिकमिश्रणबाट शरीर अथवा ब्रम्हाण्डको रचना भएको कुरा व्द-उपनिषद्हरूलमा बताइएकोछ। यसबाट प्रकृति अनि मानवको निकटतम सम्बन्ध प्रमाणित हुन्छ। प्रकृतिका विविधरूप छन् भने मानवले भिन्न-भिन्नै दृष्टिकोणले प्रकृतिको अवलोकन गर्दै आफ्नोजीवनलाई समृद्ध एवम् सम्पन्न बनाउँदै आइरहेको छ।
प्रकृतिलाई अङ्ग्रेजीमा नेचर भनिन्छ। ल्याटिन भाषाबाट अङ्ग्रेजीमा हुँदै आएको योनेचर शब्दको अर्थ एसेन्सियल क्वालिटिज अर्थात् आवश्यक तत्त्व वा गुण भन्ने हुन्छ।ल्याटिनमा पनि यो शब्द ग्रिसेली भाषाको फिसिस् शब्दको अनुवाद हो। जसको अर्थग्रीसमा वनस्पति,पशु-पक्षी आदिसँगको सम्बन्ध भन्ने बुझिन्छ ।4 प्रकृति भन्नालेत्यस्ता विषय-वस्तु आदिलाई बुझिन्छ जसको निर्माणमा मानिसको कुनै हस्तक्षेपचल्दैन। त्यसैले कृत्रिमताका विपरित वास्ताविकता नै प्रकृति हो अनि प्रकृतिबाट हामीलेप्राप्त गर्न सकिने स्वच्छ हावा, पानी,वातावरण आदि नै परिवेश वा पर्यावरण हो।5प्राकृतिक अथवा पर्यावरणीय दृष्टिकोणले साहित्यलाई विश्लेषण गर्नु नै परिवेश-विमर्शहो। जसलाई अङ्ग्रेजीमा इकोक्रिटिसिज्म भनिन्छ। पिटर बेरीले यसलाई ग्रीन स्टडिजभनेका छन्।6 यसको सैद्धान्तिक रूपमा घोषणा चेरिल ग्लटफेल्टी र हार्ओड फोर्मद्वारासन् १९९६-मा सम्पादित दि इकोक्रिटिसिजम् रिडर : ल्यान्डमार्क इन लिट्रेरी इकोलजी -बाट भएको हो। तर इकोक्रिटिसिज्म् शब्दकै प्रयोगचाहिँ अमेरिकेली समालोचकविलियम रुएक्रेटले सन् १९७८ मा गरेका थिए भन्ने रिचर्ड् कार्डिजको विचार देखिन्छ।7परिवेश-विमर्श उत्तरआधुनिक चेतनाले खोलेको एउटा नवीतम् पथ हो। यसमा प्रकृति-पर्यावरणको संरक्षण विषयमा प्रकारान्तर रूपले विचार-विमर्श गरिन्छ। समाज,संस्कृति, साहित्य, धर्म, नारी ,राजनीति आदिको पर्यावरणसँगको सम्बन्धलाईसूक्ष्मतापूर्वक अवलोकन गरिनाका साथै यी विषयहरूले प्रकृतिलाई कसरी प्रभाविततुल्याइरहेका हुन्छन् अनि प्रतिक्षण पर्यावरणमा भइरहेको परिवर्तनलाई कसरीनियन्त्रण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्नु परिवेश विमर्शको लक्ष्य हो। मूलतःसाहित्यमा प्राकृतिक जलवायु वा पर्यावरणको समस्याको प्रतिपादन के कस्तो रूपमाभएको छ भन्ने विषयबारे परिवेशविमर्शले चर्चा गर्दछ।
३ गहन पारिस्थितिकी
प्रकृति अनि पर्यावरण मानवीय समाजको अभिन्न अङ्ग हो अनि यसको सुरक्षाकोउत्तरदायित्व मानव समाजले लिनुपर्छ। साथै प्रकृति मानव समाजदेखि पृथक् छैन भन्नेधारणालाई प्रस्तुत गर्दै सन् १९७३ मा नर्वेली दार्शनिक आर्ने नासेले आफ्नो द सेलो एन्डदि डिप : लङ रेन्ज इकोलजी मुभमेन्ट भन्ने लेखमा डिप इकोलजी शब्दको प्रयोग गरेकाछन्।8 जसलाई गहन पारिस्थितिकी भनिएको छ। मूलतः प्रकृति मानव अनि मानवेतरसबै वस्तुका लागि महत्त्वपूर्ण तत्त्व हो। तर यो आधुनिक नागरिक सभ्यताको उच्चजीवन शैलीले यस सत्यलाई धमिल्याइरहेको छ भने अर्कातिर प्रकृतिलाई आफ्नो घर रसभ्यता ठान्ने अफ्रिका अनि अन्य देशहरूका जनजातिले यस सत्यलाई जोगाएर राखेकाछन्। तिनीहरूले बाँच्नका लागि प्रकृतिमै आश्रित हुनुपर्दछ। प्राकृतिक वन-जङ्गगललाईछोडेर सहरको परिवेश वा सभ्यतामा समन्वित हुनु उनीहरूलाई कठिनका साथै प्रायःअसम्भव नै हुँदछ। त्यसैले मानवीय समाजका लागि प्रकृति कति अनिवार्य छ सो यसतथ्यबाट अनुमान गर्न सकिन्छ। गहन पारिस्थितिकी, नृकेन्द्री धारणाभन्दा विपरीत रवृहतर चिन्तन हो। यसले प्रकृतिलाई जैवकेन्द्री दृष्टिकोणबाट अवलोकन गर्दछ। मानिसप्रकृतिको अंश हो र प्रकृतिदेखि कदाचित् अलग छैन भन्ने गहन पारिस्थितिकीकोकेन्द्रीय दर्शन हो। मानिस हरेक कार्य आफैले पूर्ण गरेको ठान्दछ। ऊ सृष्टिका साराथोकहरू मान्छेको उपभोगकै निम्ति बनेका हुन् भन्ने ठान्दै आफैलाई सर्वस्व अनिमहानिरीक्षक मान्दछ। त्यसैले आफैलाई केन्द्रमा राखेर प्रकृति अनि मानवेतर वस्तुलाईकिनारीकरण गर्ने नृकेन्द्री प्रवृत्ति र व्यष्टिवाद, उसको वंसानुगत संस्कार बनेको छ। तरप्रकृतिको सहभागिताविना कुनै पनि कार्य सुगठित ढङ्गमा सञ्चालन हुन सक्तैन भन्नेसत्यसँग अवगत हुँदाहुँदै पनि मानवले प्रकृतिलाई नियन्त्रण गर्ने असफल प्रयासगरिरहेको छ। अतः प्रकृतिमा अनेकौं विपद अनि सङ्कटले महाविनाशकारी रूपलिइरहेका छन्। त्यसैले अब प्रकृतिको संरक्षण साथै पर्यावरणलाई सन्तुलित बनाउनकालागि मानवीय सम्वेदना साथै भावनामा परिवर्तन आउनु आवश्यक छ जसका लागिमान्छेले “म” -बाट निस्किएर “हामी”-मा आउने प्रयास गर्नुपर्दछ भन्ने गहनपारिस्थितिकीको मान्यता छ।
गहन पारिस्थितिकीका प्रवक्ताहरूले मान्छे प्रकृतिको अंश हो भन्ने तथ्यलाई निरीक्षणगर्ने दुईवटा दृष्टिकोण अघि राखेका छन्। एक व्यवस्था सिद्धान्त (सिस्टम् थियोरी) दोस्रोगेअ अनुकल्पना (गेअ हाइपोथेसिस)।9 व्यवस्था सिद्धान्तअन्तर्गत पृथ्वीलाई निकायकोरूपमा हेरिन्छ यसभित्र पनि अरू थुप्रै व्यवस्थाहरू पूर्ण र स्वतन्त्र रूपले सङ्गठित भएकाहुन्छन्। पृथ्वीभित्र अरू निकायहरू स्वतन्त्र रूपले सङ्गठित भए तापनि पृथ्वी स्वयम्भने अर्को वृहत् निकायको अंश मात्रै हो। एउटा कोशिकाभित्र अनेकौं सूक्ष्म कोशिकाहरूहुन्छन् तर कोशिका पनि अर्को वृहत्तर व्यवस्थाभित्रको नाभिक बिन्दु वा केन्द्रकको सानोअंश मात्र हो। अर्थात, एउटा सुन्तलाभित्र भएका केस्राहरू आफैमा पूर्ण हुँदाहुँदै पनि एउटासिङ्गो सुन्तलाको बृहत्तर एकाइको अंशका रूपमा रहेको हुन्छ। त्यसरी नै मान्छले पनिविभिन्न व्यवस्थाहरू, जस्तै- समाज,साहित्य,संस्कृति आदिलाई लिएर बसेको हुन्छ, तरमान्छे स्वयम् भने प्राकृतिक व्यवस्थाको सानो अंशमात्रै हो। गेअ अनुकल्पनाअन्तर्गतव्यवस्था सिद्धान्तलाई नै अघि बढाएर यस सिद्धन्तलाई ब्रम्हाण्डकै सन्दर्भमा प्रयोगगरिन्छ। यसअन्तर्गत प्रकृतिमा भएका सम्पूर्ण अस्तित्व वा सत्ता अर्को वृहत्तम्अलौकिक महानिकायका अंश हुन्। प्राचीन ग्रिसेली परम्परामा गेअ भन्नाले प्रकृतिसञ्चालित पृथ्वीका देवी-देवता भन्ने बुझिन्थ्यो। जैव व्यवस्थामा आफैलाई प्रकृतिसँगसन्तुलित बनाई राख्ने प्रवृत्ति हुँदछ। त्यसका साथै कालअनुरूप आफ्नो संरचनालाईस्वाभाविक विकास गर्दछ। वैज्ञानिकहरूले अनुसन्धानबाट प्रकृतिमा पनि यसप्रकारकोप्रवृत्ति हुन्छ भन्ने निष्कर्ष निकालेका छन्।10 जसअनुसार प्रकृतिले आफैलाई सन्तुलनबनाई राख्नमा अक्सिजनको मात्रा, तापमान,ऋतु परिवर्तन आदिलाई व्यवस्थित प्रकारलेसञ्चालन गर्छ। फलस्वरूप मानव शरीरले पनि शारीरिक तापमान, प्राणवायु आदिलाईधमनीद्वारा सन्तुलित बनाइराख्छ। यो मानवद्वारा नैसर्गिक रूपमा गरिने प्रकृतिकोअनुकृति हो। प्रदूषित पर्यावरण,प्राकृतिक सम्पदाको विनाश जस्ता गम्भीर समस्याप्रतिचिन्ता व्यक्त गर्ने गहन पारिस्थितिकी मूलतः आध्यात्मिक दृष्टिकोणमा आधारित छ।त्यसैले यसलाई डिप इकोलजीसँगै होलिस्टिक इकोलजी पनि भनिन्छ। यस सिद्धान्तलेभावना, अभौतिकता, अनि कर्मद्वारा प्रकृतिको समस्यालाई समाधान गर्ने प्रयत्न गरिन्छसाथै व्यष्टिवाददेखि समष्टिवाद तर्फको विस्तारतालाई प्रोत्साहान पनि दिन्छ।
लेन् व्हाइटअनुसार पश्चिमका इसाईहरूले मानव अनि प्रकृतिलाई अलग गराएर द्वैतवादसुरु गरे। पुराना धार्मिक विश्वासीहरू रुख,हावा,पानी,पशु आदिमा ईश्वरीय वास भएकोदेख्तथे। तर आधुनिक इसाई मतले यस विश्वासका प्रकृतिको प्रयोग निजी स्वार्थसिद्धिहेतु प्रयोग गर्न थाले। फलस्वरूप दिन-दिनै प्रकृति चरम मानव उपभोगको साधन बन्दैगयो। प्रकृतिप्रतिको यस्तै शोषणका विरोधमा ग्रिनपिसजस्ता पर्यावरणवादी आन्दोलनसुरु भए। पर्यावरणीय संरक्षणका लागि यसप्रकारका आन्दोलनहरू विगत चार-पाँचदशकदेखि निरन्तर रूपमा चल्दै आइरहेका देखिन्छन्।
दुई-चार दशकदेखि पर्यावरणप्रति चिन्तित हुने पाश्चात्य देशका विद्वान्हरू भन्दा हजारौंवर्ष अघिका वैदिक ऋषिमुनिहरू प्रकृति प्रति अधिक सचेत थिए। सामाजिक,सांस्कृति,धार्मिक,आर्थिक सबै प्रकारका विषयका लागि उनीहरू प्रकृतिमाथि आश्रितरहन्थे। तत्कालीन साहित्यमा प्रकृतिप्रति प्रेम,सम्मान, संरक्षणको भावका साथैपारिस्थितिक प्रणालीमाथि विशेष आस्था रहेको देखिन्छ। हजारौं वर्ष अघि लेखिएकावैदिक ग्रन्थहरूमा प्रकृति नै मुख्य विषय रहेको पाइन्छ। प्रकृतिबारेमानिसमा हुनुपर्नेसचेतता अनि यसको महत्त्वलाई वैदिक वाङ्मयमा यथेष्ट सूक्ष्म रूपमा अङि्कत गरिएकोछ। श्रीमद्भागवत गीतामा प्रकृति अनि मानवको पारिस्थितिक सम्बन्धलाई यसप्रकारलेवर्णन गरिएको छ :
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसंभवः।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।। ३/१४
अर्थात्,सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुँदछ अनि अन्नको उत्पति वर्षाबाट हुँदछ।त्यसैले यज्ञ गर्नाले वर्षा हुन्छ अनि यज्ञ विहित कार्यद्वारा हुँदछ। यसरी वैदिकवाङ्मयहरूमा प्रकृति अनि मानव पारिस्थितिक सम्बन्धलाई वर्णन गरिएको पाइन्छ।
वैदिक परम्परा अथवा हिन्दु जीवन शैलीमा प्रकृतिलाई ठुलो महत्त्व दिइन्छ। हिन्दुविश्वासमा पर्यावरण वा प्रकृतिको संरक्षण गर्नुपर्ने धारणा आधुनिक मात्र होइन। आजकोआधुनिक समाज निर्माण हुनुभन्दा धरै वर्षअघिको प्रागैतिहासिक कालदेखि नै ऋषि-महर्षिहरूले प्रकृतिलाई पूज्य र वन्दनीय मानेर त्सको रक्षा गर्दै आइरहेका थिए। अतःवैदिक संस्कारमा प्रकृति पूजनलाई सर्वाधिक महत्त्व दिइएको छ। मानवले मानवेतरवस्तुहरू साथै खोला-नाला वन-जंगल आदिसँग समन्वय राखेर नियमित रूपले सृष्टिसञ्चालनमा प्रकृतिलाई सहयोग गरिरहेको हुन्छ।
पृथ्वीलाई आमाको स्थानमा राखेर पुजा गरिने हुनाले घर,मन्दिर वा कुनै पनि मठ आदिनिर्माण गर्न अघि धरतीको पूजा गरिन्छ जसलाई भूमिपूजन भनिन्छ। घर,मन्दिर आदिबनाउँदा पृथ्वीलाई लाग्ने चोट वा ऊमाथि हुने हिंसात्मक कार्यको लागि क्षमा माग्नकालागि भूमिपूजन गरिन्छ। यसले प्रकृति अनि मानवको आन्तरिक भावनात्मकसम्बन्धमाथि प्रकाश पार्दछ। यसरी गहन पारिस्थितिक दृष्टिकोणबाट पर्यावरण,मानवअनि साहित्यको गहन अध्ययन गरिन्छ। परिवेश-विमर्शात्मक दृष्टिकोणले गरिनेसाहित्यावलोकनमा गहन पारिस्थितिकी प्रणाली पनि एउटामहत्त्वपूर्ण अंश हो।
परिवेश एवम् पर्यावरण विमर्श सम्बन्धी उपर्युक्त कुराका आलोकमा यहाँ लेखनाथपौड्यालको ऋतुविचारमा अभिव्यक्त मानव-प्रकृति अन्तरापृष्ठको विश्लेषणात्मक समीक्षागरिन्छ।
४ ऋतुविचार अनि पर्यावरण
लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्य प्रकाशित हुनअघि माधवी पत्रिका (सन्१९०८)-मा उनको ४८ पद्यको वर्षाविचार छापिएको देखिन्छ। त्यसको आठ वर्षपछि सन्१९१६ मा वर्षाविचारसँगै अरू पाँचवटा ऋतु विषयक कविताहरूलाई पनि थपेर सिङ्गोखण्डकाव्य ऋतुविचार प्रकाशित भएको हो। त्यसपछि सन् १९३५ मा परिमार्जित,संशोधित रूपमा यसको दोस्रो संस्करण छापिएको देखिन्छ। ऋतुविचार खण्डकाव्यमालेखनाथ पौड्यालको प्रकृति चेतना र चिन्तन व्यञ्जित भएको छ। समालोचक त्रिपाठीलेयस खण्डकाव्यलाई प्रकृतिकाव्य भनेका छन् साथै यस काव्यमा नैतिक-आध्यात्मिकप्रतिच्छविसहित लेखनाथको सूक्ष्म प्रकृति-पर्यवेक्षण प्रकट भएको छ भन्ने विचार पनिव्यक्त गरेका छन्। 11
ऋतुविचार खण्डकाव्यमा कविले प्रकृतिका विविध रूपको काव्यात्मक वर्णन गरेका छन्।प्रकृतिको वर्णनसँगै प्रकृतिमा हुने परिवर्तन अनि त्यसका कारणहरूको पनि सूक्ष्मअवलोकन गरेका छन्। ऋतुहरूमाथि चिन्तन गरिएको यस खण्डकाव्यमा ऋतुचक्रसँगैमानवीय साथै मानवेतर जीवन पनि सञ्चालित भइरहेको हुन्छ र मान्छे जैवकेन्द्रीपरिवेश र परिस्थिति चक्रमा घुमिरहेको हुन्छ भन्ने भाव व्यक्त गरिएको छ। कविलेपर्यावरण प्रदूषित हुँदै गएको अनि ऋतुचक्रमा पनि प्रदूषणले प्रभाव पारेको देखाएकाछन्। कवि भन्छन् :-
दीपका बीचमा मैलो धुवाँ झैं गुप्त भैकन।
अली अली चढेको छ दिनमा धमिलो –पन।। वसन्तविचार २१
उन्नाईसौं शताब्दीदेखि प्रायः सम्पूर्ण देशहरूले प्रगतिको मार्गमा पाइला राख्न थाले।औपनिवेशिक देशहरूमा पनि औद्योगीकीकरण सुरु भइसकेको हुनाले वायुमण्डल विस्तारैप्रदूषित हुन थालेको कविले निश्चय नै अनुमान गरिसकेका थिए। धुँवा-धुलोले अर्थाततुवाँलोले परिवेशमा ल्याएको धमिलोपन देखेर वसन्तको सौन्दर्य वर्णन गर्ने क्रममा कविभन्छन् -
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर।
तुँवालाको मिहीँपर्दा लगायोकि ?सवै-तिर।। व.वि. २३
प्रकृति अनि मानव एक अर्काका परिपूरक हुन्। अतः दुवैको पारस्परिक सम्बन्धले नैसृष्टिचक्र आफ्नो गतिक्रममा चलिरहेको हुन्छ। मानवले गरेका प्रकृति प्रतिकूलकार्यहरूबाट पर्यावरणमा व्यापक प्रभाव परिरहेको छ। त्यसैले आफैलाई केन्द्री गरीसृष्टिलाई नियन्त्रण गर्नु खोज्ने मानिसको नृकेन्द्री विचार परिहार्य छ। प्रकृतिका प्रत्येकविषय-वस्तु आदिले मानवीय जीवनमा सहयोग पुर्याइरहेका हुन्छन्। वस्तुतः सन्तुलितगतिविधिपूर्वक मान्छेले पनि प्रकृतिलाई समानुपातिक सहयोग पुर्याउनु अपेक्षित छअनि प्राकृतिक वस्तुहरूले पनि यसैतर्फ सङ्केत गरिरहेका हुन्छन्।
गाम वेंसी गरू लम्बा विचरा ती चरा सव।
जीवन-क्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव।। व.वि. ९५
ऋतुविचारमा कविले ऋतुचक्रलाई मानवीय संस्कृति अनि जीवनसँग तुलना गर्दै सर्वेक्षणगरेका छन् साथै जीवन अनि प्रकृतिका सारगर्भित रहस्यहरूको उद्घाटन पनि गरेका छन्।वैश्विक उष्मायणले पर्यावरणमा भइरहेको असन्तुलनका साथै ऋतुचक्रमा फेरबदलभइरहेको तथ्यतर्फ कविले सङ्केतीकरण गरेको पाइन्छ। ग्रीष्म,वर्षा,वसन्त वेग्ला-वेग्लैलाग्न थालेको छ। फुल फुल्ने ऋतुमा डढेलो लाग्दैगरेको हुन्छ अनि जाडाले कठ्याङि्ग्रनेसमयमा ढकमक्क फुल फुलि रहेको देखिन्छ। यसरी अस्वाभाविक ऋतु परिवर्तनबाटहाम्रो समाज,संस्कृति आदिमा पनि प्रभाव परिरहेको छ। हुन ता ऋतुविचारमा कविलेप्रत्येक ऋतुहरूको कार्य अनि परिवर्तनका स्वाभाविक घटनाहरूबारे चिन्तन गरेका छन्तर त्यसमा पनि परिवर्तनका सङ्केतहरू पनि नपाइने होइन। प्रदूषित पर्यावरणलेसमाज,संस्कृति अनि जीवनलाई प्रभाव पारेका तथ्यहरू ऋतुविचारमा पाइन्छ।प्रकृतिमा हरेक कुरा अप्रत्यक्ष रूपमा विस्तारै परिवर्तन भइरहेको हुन्छ अनि त्यहीपरिवर्तनले अवश्यै भविष्यका लागि दुष्परिणामहरू बोकेर आउने सम्भावित लक्षणहरूऋतुविचारमा व्यक्त छ।
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी।
कराल कलिले गर्दा धर्मको महिमा सरी।। ग्री.वि.१६
पहिले वन गर्मीले उसिलेको समान छ।
डढेलो उसमा फेरी दुःखको के बयान छ?।। ग्री.वि.६७
मानवीय क्रियाकलापद्वारा नै प्राकृतिक वातावरणमा परिवर्तन भएको प्रत्यक्ष छ। योमहाविनाशको प्रत्यक्ष सङ्केत हो। अतः प्रकृतिको विनाश नै मानव सभ्यताको पनिविनाश हो। सहरीकरणले अब गाउँ-घरका प्राकृतिक स्रोतहरू सकिँदै गए । वन-जङ्गलविनाश हुँदै गयो,डढेलाले पलाउँदै गरेका विरुवाहरू पनि नाश हुन थाले। विज्ञानको प्रगतिमानवका लागि लाभदायक भए तापनि प्रकृतिको लागि चिन्तादायक प्रतीत भएको छ।ऋतुविचारमा लेखनाथले यी विषयहरूको सूक्ष्म अवलोकन गरी वस्तुनिष्ठ मननयोग्यविचारलाई प्रस्तुत गरेका छन्।
खेतमा खेतिवालाका रमणी-जन हालमा।
पैह्रन्छन् पसिना-रूप मुक्ता-भूषण भालमा।। ग्री.वि ६५
डढेलाले निल्यो झट्टै झार,पात दुवै-थरी।
कर्म सञ्चित आगामी विज्ञान-ज्योतिले सरी।। ग्री.वि ७१
४.१ ऋतुविचार अनि पारिस्थितिकी
‘इकोलजी’ ग्रिसेली भाषाको ओइकस (oikos) शब्दमा लजी (logy) प्रत्यय जोडिएरबनिएको शब्द हो। जसमा ओइकसको अर्थ घर-गृहस्थी, कुटुम्ब ,परिवार भन्ने बुझिन्छभने लजी शब्दले अध्ययन गर्नु भन्ने बुझिन्छ। यसैले ‘इकोलजी’ शब्दको व्युत्पतिगतअर्थ पृथ्वीमा भएका जीव, निर्जीव सम्पूर्ण वस्तु, प्राणीहरूको कुटुम्बगत वा पारिवारिकअध्ययन गर्नु भन्ने बुझिन्छ।13 यसैलाई नेपालीमा पारिस्थितिकी वा परिस्थितिविज्ञान भनिन्छ। ऋतुविचार खण्डकाव्यमा पारिस्थितिक चिन्तनको व्यापक दर्शनपाइन्छ। तत्त्व वेत्ताका रूपमा लेखनाथले दत्तचित्त भएर मानव अनि प्रकृतिको आन्तरिकसम्बन्धलाई ऋतुचक्रमा समावेश गरी चिन्तन गरेका छन्। प्राकृतिक परिवर्तन अनिमानवीय हस्तक्षेपबाट भएको परिवर्तनबाट हुने प्रभावलाई यस खण्डकाव्यमा तारतम्यपूर्ण ढङ्गमा प्रस्तुत गरिएको छ।
प्रत्येक पुष्पको रूप, रेखा ,रङ्ग अनेक छ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ।। वसन्तविचार २८
वस्तुका बाहिरी गुण,रूप,रङ्ग आदि विभिन्न भए तापनि ती सबैभित्र निहित जीवन-सौन्दर्यको ज्योति भने सबैमा समान रूपले रहोक छ। यो प्रकृतिको गहन रहस्य रअनुपम कला नै हो। प्रकृतिले मानवीय सम्वेदना अनि मानसिकतालाई पनि आफ्नोप्रभावमा राख्दछ। मान्छेले नै प्रकृतिको काखमा निर्धक्कसँग आनन्द उठाउँछ तर फेरित्यही प्रकृतिको खती पनि गरिराखेको हुन्छ। विवेकशील प्राणी भनिए तापनि मानिसप्रकृतिद्वारा नै निर्मित भएको हुनाले यसैमा आश्रित हुनु उसको नैसर्गिक बाध्यता हो। ऊप्रकृतिभन्दा माथि र त्यसबाट मुक्त हुन सक्तैन। त्यसैले मानिस प्रकृतिको सूक्ष्म निकायमात्रै हो।
विश्राम गर्छन् निर्धक्क बटुवा वृक्षका मनी।
आडमा योग्य राजाको दुनियाँ झैं सुखी बनी।। ग्रि.वि. १५
ऋतुविचारमा लेखनाथले आफूलाई केन्द्रीय सत्ता मानी प्रकृतिलाई आफ्नो उपभोगकानिम्ति बनेको साधन मात्र ठान्ने मानिसको नृकेन्द्री जीवन-दृष्टि र सिद्धान्तको विरोधगरेका छन्। प्रकृतिका जीव,वनस्पतिहरूसँग हामी जीवनको अधिकांश समय बिताउँछौं,त्यसैले यो प्रकृति मानवका लागि मात्रै होइन, मानवेतर पशुप्राणी, वनस्पति आदिकोपनि यसमा उत्तिकै अधिकार छ। जन्मदेखि मृत्युसम्ममा पनि मानिसले प्रकृतिलाई कुनैयस्तो वस्तु बनाएर दिन सक्तैन जसले प्राकृति कार्यहरूमा सहयोग पुग्दछ। तर प्रकृतिकाहरेक विषय-वस्तुहरूको उपभोग मानिसहरूले गरिरहेका हुन्छन्। त्यसैले मानिसउपजीवी हो,उपभोक्ता हो । प्रकृतिबाट उपकृत भएर नै उसको अस्तित्व बाँचेको छ।वस्तुतः प्रकृतिमा केन्द्रित भई मान अनि मानवेतर वस्तुहरू जीवनचक्रमा परिक्रमागरिरहेका हुन्छन् साथै एका-अर्काका परिपूरक बनी सृष्टि सञ्चालनमा सहायक भूमिकानिर्वाह गरिरहेका हुन्छन्। मानिसका सुख-दुख प्रकृतिमा नै निर्भर रहेका हुन्छन्। कविलेख्छन्-
खेतमा जलका धारा वर्षदा-खेरि बाहिर।
उर्लन्छ खेतिवालाका मनमा सुख-सागर।। वर्षविचार ७८
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती।
उज्यालो खेतिवालाको चित हुन्छ उती उती।। वर्षविचार ९२
यसरी प्रकृतिले मानवको मात्रै नभएर आफ्नो परिधिभित्र पर्ने सबै वस्तुहरूको मङ्गलगर्दछ।र मानिसबाट पनि आफ्नो अनुकूल व्यवहारको अपेक्षा राख्दछ। आफ्ना अनुकूलवातावरणमा पशु-प्राणी र वनस्पतिले प्राकृतिक कार्यहरूको संयोजनमा सहयोगगरिरहेका हुन्छन्। यसरी मानव,मानवेतर जीव अनि वनस्पति आदिको संयोजनात्मककार्यको फलस्वरूप पारिस्थितिक प्रणाली सन्तुलित ढङ्गमा चलिरहेको हुन्छ भनेवसन्तदेखि शिशिर ऋतुसम्म चल्ने प्राकृतिक परिवर्तनले मानवीय अनि मानवेतर दुवैथरी जीवनमा परिवर्तन ल्याइरहेको हुन्छ। यसरी हेर्दा प्रकृति एउटा विशाल पारिस्थितिकप्रणालीको रूपमा देखिन्छ।
४.२ ऋतुविचार अनि गहन पारिस्थितिकी
मूलतः ऋतुविचार खण्डकाव्यमा प्रकृति र मानवको गुह्य सम्बन्धको अध्ययन गरिएकोछ। मानव प्रकृतिको सूक्ष्म निकाय हो अनि प्रकृतिको विशालता उसका निम्ति अगम्यछ। यसको आफ्नै आन्तरिक मूल्य छ। ऋतुविचारमा मानिसलाई स्थूल जगत्का कृत्रिमकुराहरूलाई नलिएर प्राकृतिकता र हृदयग्राहिता तिर उन्मुख बन्ने साझा सन्देशहरू छन्।गहन पारिस्थितिक आलोचकहरू भन्छन्, मानवले प्रकृतिलाई छुने कुनै अधिकार छैन।न त प्रकृतिलाई माया गर्ने अधिकार छ न त्यसको विनाश गर्ने नै अधिकार छ। प्रकृतिएउटा छुट्टै विराट् र विशिष्ट सत्ताको निकाय हो अनि मानिस त्यस प्रकृतिभित्रको अझसूक्ष्म निकाय हो। त्यसैले मानव प्रकृतिकेन्द्री रहेर नै कृतार्थ भएको हुन्छ।14
लोकोपकारमा जत्ती खर्चन्छ जल-सम्पति।
उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति।। वर्षाविचार ६५
लोकोपकारमा सुम्प्यो मेघले सव जीवन।
सवै यस्तै भये देखि दुःख हुन्थ्यो हरे! किन ? वर्षाविचार १००
प्रकृतिको सम्बन्ध अनादि र अनन्त सत्तासँग छ। वैदिक महर्षिहरूलाई यसको ज्ञानथियो। उनीहरू प्रकृतिको महिमा अपारलाई जान्दथे। प्रकृति र पारिस्थितिकी सापेक्षज्ञानलाई नै वास्तविक ज्ञान मान्दथे। प्रकृतिको काखमा नै काव्य सिर्जना भयो अनित्यसलाई पात,छाला,ढुङ्गा आदि प्रकृति प्रदत्त वस्तुमा नै लिपिबद्ध गरियो। महाज्ञानीपण्डित आदिले पनि मोक्षको ज्ञान प्रकृतिकै आश्रयमा पाए। प्रकृति जीवनकोकारण,कारक र कार्यतत्त्व समेत हो भन्ने रहस्य पत्तो लगाए लेखनाथले यसै सत्यतर्फयसरी सङ्केत गररेका छन् :-
ऋषि झैं गरदै गुद्ध मञ्जरीमय भोजन।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन।। व.वि ६७
अघीका वेद-विज्ञात ऋषिको झैं मनोहर।
लाखौं चराचुरूङ्गीको सुनिन्छ मधुर स्वर।। व.वि ७४
यस काव्यमा ग्रीष्मऋतुको जुन बिम्ब आँखाअघि आउँछ त्यो अब आउने समयका साराऋतुहरूको साझा अनुहारको सङ्केतक स्वरूप छ। त्यसैले सम्पूर्ण वस्तु आदि नष्ट भएरहुने चकमन्नता, शून्यता पनि शान्ति नै हो तर त्यस शान्तिलाई मृत शान्ति भनिन्छ।हाम्रा भावी सन्ततिले यही मृत शान्तिको वातावरण पाउने छन् सजीव शान्ति वाप्रकृतिको स्मृतिसम्म पनि उनीहरूले पाउन गाह्रो छ। यसैकारणले गर्दा मानवले अबलोभ अनि लालचको भावनालाई त्यागेर प्रकृति प्रतिको आफ्नो जिम्मेवारीलाई पुरा गर्नेज्ञानमय भावनालाई उद्दीप्त गर्नुपर्दछ। पर्यावरणबारे मानिसले आत्मालोचना गर्नुपर्दछ।
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?।। ग्रि.वि २६
पृथिवी-भर गर्मीको प्रवाहकन चाँजने।
कुला-तुल्य ठुला रस्ता ताता भत्भति पोलने।। ग्रि.वि ३५
विचरा बीच बाटाको जल-शून्य कुवाकन।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।। ग्रि.वि ३९
गहन पारिस्थितिकी पूर्णरूपले जैवकेन्द्री सिद्धान्त हो, मानवको नृकेन्द्री भावना भ्रमितकल्पना हो। प्रकृतिमा मानव अनि मानवेतर जीवन कसरी सम्पन्न भइरहेको छ? कुनरहस्यले सम्पूर्ण विषयलाई समन्वित बनाएर राखेको छ? भन्ने जस्ता गहनपारिस्थितिकीय प्रश्नहरूको उत्तर ऋतुविचारका कविले खोज्ने प्रयास गरेको देखिन्छ।लेखनाथले प्रकृतिको कारणभूत तत्त्वलाई ज्ञानगम्य गर्दै प्रकृति अनि मानवकोअन्तःचक्रलाई यसरी देखाएका छन् :-
माधुर्य-सिन्धुको यौटा उर्लँदो लहरी-मय।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय।। व.वि ६८
अदना त्यो चरीलाई त्यो स्वर्गीय ‘सरीगम’।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम।। व.वि ६९
उचित प्राकृतिक पर्यावरणबिना मानवको अस्तित्व गहिरो सङ्कटमा पर्नेछ। त्यसबाटनिस्तारका निम्ति परिवेश-विमर्श एउटा नयाँ चिन्तनको बाटो हो। यस अन्तर्गत गहनपारिस्थितिकी आज मानवीय क्रिया-कलापद्वारा क्षतिग्रस्त प्रकृति अनिमानव-निर्मितविभीषिकाले गर्दा अस्तायमान देखिँदो मानव अस्तित्वलाई बचाउँनका लागिपर्यावरणकेन्द्रित विचारलाई अग्रभूमिमा ल्याउने एउटा प्रमुख उपायका रूपमाप्रतिपादित छ। ऋतुविचारमा लेखनाथ पौड्यालले प्रकृतिको अन्तःकरणतर्फ चियाउनेप्रयास गरेका छन्। अनेकौं रहस्यले परिपूर्ण प्रकृतिको गर्भमा उत्रनु गाह्रो कुरा हो। यसखण्डकाव्यमा कविको दूरदर्शिताले मानवद्वारा विध्वंस हुनलागेको प्रकृतिकोपुनर्निर्माणका लागि उपयोगी दिग्दर्शन प्रस्तुत गरेको छ।
पारिस्थितिकीले प्रकृति,मानव अनि मानवेतर वस्तुहरूको चक्रलाई विश्लेषण गर्दछ। यसगरेर यसले यिनीहरूको एक अर्कामाथिको निर्भरता र आवश्यकताहरूको जीववैज्ञानिकअध्ययन गर्दछ। यसै पारिस्थितिक चक्रलाई अझ गहिरोसँग अध्ययन गर्ने प्रणाली नैवास्तवमा गहन पारिस्थितिकी हो। ऋतुविचारमा वसन्तदेखि शिशिरसम्मकोऋतुचक्रको चित्रण वस्तुतः पारिस्थितिक चेतनाको प्रस्तुति हो अनि यस ऋतुचक्रद्वाराहुने जीवनचक्रको परिवर्तन र समाज,संस्कृति,अनि धर्म आदिमा परेको प्रभावबारे गरिनेअध्ययन र लाक्षणिक प्रस्तुति गहन पारिस्थितिकीय प्रस्तुति हो। प्राकृतिकक्रियाअनुसार पानी पर्छ खेत सिञ्चित हुन्छ, त्यसको खन-जौत हुन्छ, अन्न पाक्छ अनित्यसले मानिसको जीवन चल्छ। यो स्थूल चक्र हो। यसभन्दा अलि गहिरो रूपमा हेर्दावर्षाऋतुले खेत सिञ्चित हुन्छ, खेतमा बिउ रोपिन्छ र अन्न पाक्छ तर त्यस खेतमाअन्नबाली खाने मुसा,भ्यागुता,किरा-फट्याङ्ग्रा, चरा ,गाई सबै नै हुन्छन्। मानवसँगसँगैत्यहाँ प्रकृतिले अरू मानवेतर प्राणीहरूलाई पनि पारिस्थितिक प्रणालीअनुरूपघुमाइरहेको हुन्छ। अब यसभन्दा अझै गहिराइमा चिन्तन गर्दा, वसन्तमा नै फुल किनफुल्दछ? वर्षामा मा जाडो किन हुन्छ? कुन त्यस्तो निकायले यस्तो परिवृत्तीय सिर्जनागर्दछ? भन्ने जस्ता प्रश्नहरू उठ्तछन् अनि गहन पारिस्थितिकीमा उत्तरभन्दा प्रश्नहरूअधिक गहिकिला भएर गहिरिँदै जान्छन्। ऋतुविचारमा मानवीय सत्तादेखि पर प्रकृतिअनि प्रकृतिभन्दा वृहत्तर सत्ताले नै जगत् सञ्चालन गरेको देखाइएको छ। कविकाशब्दमा-
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना।
एकै प्रवाहमा चल्छन् धन्य हो विधि-कल्पना।। व.वि ३१
लिई सौन्दर्य माधुर्य सौकुमार्थ थपी वहाँ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहा।। व.वि ३७
५. निष्कर्ष
ऋतुविचार खण्डकाव्यले मानवलाई मनोवैज्ञानिकतहमा प्रकृतिका नजिक ल्याउने प्रयासगरेको छ अनि ऋतुहरूमा हुँदै गरेको अस्वाभाविक परिवर्तनमा सचेत हुने र एकबद्ध हुनेप्रेणात्मक कार्य गरेको छ। ऋतुविचारले प्रकृतिको हरियो विचारलाई15 खोज्ने प्रयासगरेको छ। यस खण्डकाव्यमा नारी अनि प्रकृतिको निकटस्थ सम्बन्धमाथि पनिनिरीक्षण गरिएको छ। नारीवादल नारी उन्मुक्तिको आवाज लिएर अघि बढिरहेको छ भनेपारिस्थितिक नारीवाद (इकोफेमिनिज्म्) -ले नारी अनि प्रकृतिको भावनात्मक रनिकटस्थ सम्बन्ध रहेको तथ्यलाई उद्घाटन गरेको छ। लेखनाथको ऋतुविचारमानारीलाई प्रकृतिका निकटमा राखिएको छ। प्रकृति अनि नारीलाई एक-अर्काका पर्यायकारूपमा हेरिएको छ।
पृथिवि छन् शुगा-रङ्गी पिपिराहरूले गरी।
हरियो रेशमा सारी लायेकी प्रमदा सरी।। व.वि २५
परिवेश-विमर्शमै मुख्य रूपले केन्द्रित रहेको ऋतुविचार खण्डकाव्यले वस्तुतःपरिस्थितिवैज्ञानिक अध्ययनको अपेक्षा राख्तछ। मानिसको आफ्नो जीवनप्रतिको जुनमोह छ,आफ्नो अस्तित्व प्रति जुन आग्रह छ त्यसलाई सदैव अखण्ड र अक्षुण्ण राख्ने होभने प्रकृतिको संरक्षण,प्रकृति प्रेम र पर्यावरण प्रतिको जागरुकता अत्यन्तै महत्त्वपूर्णविषय हो। स्वच्छ प्रकृति र परिवेशमा नै उत्तम जीवन यापन गर्न सकिन्छ। लेखनाथीयऋतुविचारमा जिजीविषाका पाटाहरूको उद्घाटन छ। यस खण्डकाव्यमा पृथ्वीमा प्रकृतिकोमहत्त्वको उद्घाटनसँगसँगै कविको परिवेश-दर्शन(इकोसफी) पनि रूपायित हुन आएकोछ।
दूरशिक्षा निर्देशालय उत्तर बङ्ग विश्वविद्यालय
- शुक्रबार, 4 भाद्र, 2067
लेखनाथ पौड्याल
सङ्क्षिप्त परिचय
वि.स. १९४१ साल पुस २६ गते कास्की जिल्लाको अर्घौँ अर्चले भन्ने ठाउँमा जन्मेकालेखनाथ पौड्याल नेपाली साहित्यमा कवि शिरोमणि उपाधिले सुपरिचित छन्।संस्कृतविषयमा मध्यमा (आइ.ए) तहसम्म औपचारिक शिक्षा हासिल गरेका पौड्याल विशेषगरी कवितालेखन र नाट्यसिर्जमा क्रियाशील साहित्यिक व्यक्तित्व हुन्। अनुवादपरम्परामा विकसित भइरहेको नेपाली कवितासाहित्यलाई आधुनिक कालमाप्रवेश गराउन उनको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ।
प्रकाशित कृतिहरू
उनका लालित्य भाग १ (२०१०), लालित्य भाग २ (२०२५), कविशिरोमणि लेखनाथपौड्यालका प्रतिनिधि कविता (२०४१), लेखनाथका प्रमुख कविता (२०४६), ऋतुविचार(खण्डकाव्य, १९७३,१९९०), बुद्धिविनोद (खण्डकाव्य, १९७३), सत्यकलि संवाद(खण्डकाव्य, १९७६),गीताञ्जली (खण्डकाव्य,१९८६), त्याग र उदयको अमर प्रकाश(खण्डकाव्य,२००२),अमर ज्योतिको सत्य स्मृति (खण्डकाव्य,२००८) तरुण-तपसी(नव्यकाव्य,२०१०), मेरो राम (खण्डकाव्य,२०११), गंगागौरी (अपूर्ण महाकाव्य२०१८-२०२२) जस्ता कवितात्मक कृतिहरू प्रकाशित छन् भने उनाका भर्तुहरिनिर्वेद(१९७४) र लक्ष्मीपुजा (१९९४) नामक नाट्यकृति पनि प्रकाशित देखिन्छन्। यसबाहेकउनाक सूक्तिसिन्धु कवितासङ्ग्रह र जोगमण्डलीका कवि र कविता आदि कृतिमा केहीफुटकर रचनाहरू पनि प्रकाशित देखिन्छन्।
कवितात्क विशेषता / प्रवृत्तिहरू
-आध्यात्मिक तथा धार्मिक विषयवस्तुका कवि,
-शास्त्रीय छन्दमा कलम चलाउने कवि,
-मानवतावादी विचारधाराका कवि,
-प्रकृतिचित्रणमा रमाउने कवि,
-पूर्वीय दर्शनलाई आफ्नो मूल आदर्श बनाउने कवि,
-विभिन्न अलङ्कार प्रयोगमा माहिर कवि,
-नीतिपक्षलाई विशेष जोड दिने कवि,
-शृङ्गारिकतालाई विशेष जोड दिने कवि आदि।
सम्मान तथा पुरस्कार
राज्यको तर्फबाट कविशिरोमणि उपाधी (२००८)
सार्वजनिक रथयात्रा तथा अभिनन्दन (२०११)
हुलाक टिकट प्रकाशन (२०२३)
त्रिभुवन पुरस्कार (२०२६)
यसरी नेपाली साहित्यका त्रिमुर्ति (लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाददेवकोटा) मध्येका एक हस्तीका रूपमा पौड्याललाई नेपाली साहित्यमा श्रद्धाका साथमूल्याङ्कन गर्ने गरिन्छ।यस्ता परिष्कारवादी कवि लेखनाथ पौड्यालको वि.स. २०२२साल फागुन ७ गते देवघाटमा निधन हुन पुग्यो।
लेखनाथ पौड्याल
१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ
नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत्१९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र मातावसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेरनेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाटनेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र,अमरकोश, सप्तशती (चण्डी) आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथैकाका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका पनि थिए । त्यसै वेलादेखि उनलेकवितालेखनप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए ।
लेखनाथ पौड्याल १५ वर्षो उमेरमा काठमाडौं तीनधारा संस्कृत पाकशालामा आई भर्नाभए । त्यहाँ बसी उनी संस्कृत पढ्न थाले । लेखनाथले पाकशालामा रहँदा नै संस्कृत रनेपालीमा कविता लेख्न शुरू गरेका थिए । संवत् १९५९ सम्म काठमाडौंमा रहे र उनलेत्यसैसाल संस्कृतमध्यमा जाँच दिए । त्यसपछि उनले बनारस गएर जाँच दिए ।साहित्य र व्याकरणको राम्रो अध्ययन उनमा थियो तापनि न्यायमुक्तावलीकोदर्शनपत्रको राम्रो अध्ययन हुन नपाउँदा सो परीक्षामा उनले सफलता पाउन सकेनन् ।यत्तिकैमा उनको विद्यार्थी जीवन टुङ्गिए तापनि उनको निजी अध्ययन र लेखनदिनप्रतिदिन बढ्दै गयो । फलतः संस्कृत र नेपाली दुवै भाषामा उनले कविता लेख्तै गए। बनारसबाट निस्कने सूक्तिसुधा र कविताकल्पद्रुममा उनका संस्कृत र नेपालीकाकविता छापिएका छन् । कविताकल्पद्रुममा लेखनाथ पौड्यालका दुई कविताश्रृङ्गारपच्चीसी र मानसाकषिर्णी पाइन्छन् ।
व्यवहारको चाप र सृजनासचेतताभित्र रुमलि“दै लेखनाथ पौड्याल आफ्ना पितामहराधाकृष्णको मदेस (वीरपुर छप्की)मा जीवनवृत्तिको खोजीमा पुगेका थिए । त्यस ठाउँमाउनी केही वर्षबसेका थिए । उनी त्यही“बाट कविता लेखी बनारस पठाउँथे र ती कवितासुन्दरीमा छापिन्थे । लेखनाथको काव्यप्रतिभा देखेर राममणि आ.दी. प्रभावित भए रउनको वषार्षाविचार माधवीमा छपाए । राममणि आ.दी.को हलन्तबहिष्कारअभियानलाई लेखनाथ पौड्यालले पनि र्समर्थन गरेका थिए । त्यसैले लेखनाथ रराममणिबीच पत्रमित्रता बढयो । त्यहाँ (छप्कीमा) लेखनाथ टिक्न सकेनन् र घुम्दैआसामतिर पुगेर काठमाडौं फर्के । त्यसवेला राममणि आ.दी. काठमाडौं आइपुगेर दरबारपसिसकेका थिए । केही समय काम र माम नपाउनाले लेखनाथ पौड्याल रन्थनिएतापनि उनी सदाशिव दीक्षतिकहाँ पुगे । त्यहाँ उनैमार्फत सम्पर्क भई उनी ट्युसन गर्दैभीमशमशेरका नातिहरूलाई पनि पढाउन लागे।
२. व्यक्तित्व
नेपालीभाषा र साहित्यको उत्थानको लागि संलग्न राममणिलाई लेखनाथले एकातिरबाटमद्दत गरेका थिए भने अर्कातिर आफ्नो गरीबीमा केही न केही आर्थिक सहयोग पनिलेखनाथले पाएकै थिए । त्यतिखेरसम्म लेखनाथ पौड्यालको पढाउने काम जारी नै थियो। उनी कविता, काव्य र नाटक यथासमय लेख्तै गए । लेखनाथको कवित्वबारे आशुकविशम्भुप्रसाद ढुङ्गेलले आलोचना छपाएर प्रशंसा पनि गरे । शम्भुप्रसादको कलम जसरीचल्थ्यो, त्यसरी लेखनाथको चल्दैनथ्यो । त्यसैले आशुकविले लेखनाथको कमजोरीलाईऔँल्याएको पनि देखिन्छ । शम्भुप्रसाद शहरिया र लेखनाथ गाउँले हुँदा पारस्परिकछेडछाडका कविता पनि भेट्टिन्छन् । भीमशमशेरको शासनकालमा लेखनाथले हजुरियाबन्ने अवसर पाए पनि जुद्धशमशेरको उदयसाथै दरबारको सर्म्पर्क घट्तै गएको देखिन्छ। लेखनाथको दृष्टिमा भने शारदाको उदयपछि लेखनाथको कवित्व अझ परिष्कृत रचमकदार बन्दै गएको पाइन्छ ।
२००७ सालतिर चारतारे बिल्ला लगाएर होस् वा जुगप्रभाती गाएर होस् पहिलेपहिले राणाशासकहरूको यथासमय गरेको स्तुतिको लेखनाथ पौड्यालले प्रायश्चित्त गर्दै गए । यसवेलासम्म लेखनाथको कविव्यक्तित्वले भास्वर रूप लिइसकेको थियो । प्रजातन्त्रकोआगमनपछि २००८ साल असार २९ गते राष्ट्रपिता श्री ५ त्रिभुवनको शुभ जन्मोत्सवकादिन मौसूफबाट तक्मा, भत्ता र दर्जावितरणअर्न्तर्गत लेखनाथ पौड्याललाई मासिक दुईसय रुपियाँ सहित कविशिरोमणि उपाधि प्रदान गरिएको थियो ।
कविशिरोमणिको पदवी पाएपछि लेखनाथ पौड्याल मौलिक रचनातिर झन् उन्मुख बने ।सभा, सम्मेलन, गोष्ठीहरूमा उनी प्रमुख अतिथि बन्न थाले र उनको प्रतिष्ठा नेपालीजनजीवनमा अझ व्यापक र विस्तृत हुँदै गयो । २०१० सालमा उनको तरुण तपसी (नव्यकाव्य) प्रकाशित भएपछि उनको प्रतिभा र शिल्प, कवित्व र चिन्तनशीलताको जताततैप्रशंसा हुन थाल्यो । फलस्वरूप २०११ साल पौष शुक्ल एकादशी (लेखनाथकैजन्मदिन)मा काठमाडौंमा साहित्यकार र उच्च व्यक्तिहरूद्वारा उनको रथयात्रा गरिएकोथियो । त्यसैवेला उनको अभिनन्दन पनि गरियो । साथै उनलाई रु. पाँच हजारकोथैलीभेट पनि त्यसै समारोहमा चढाइयो । त्यसवेला यो रकम पनि सानो मानिँदैनथ्यो ।अभिनन्दनग्रन्थ तयार गर्ने पनि निधो भयो । जीवित कविको यो सम्मान अद्वितीयथियो र नेपालीहरूको लागि पहिलो प्रसङ्ग पनि थियो । उनकै जीवनकालमा अर्थात्२०१९ सालमा लेखनाथ पौड्यालको नामचित्राङ्कित पन्ध्रपैसे हुलाकटिकट प्रकाशित भयो। यसरी एकातिर लेखनाथ पौड्यालको प्रशंसा र सम्मान बढ्दै गयो भने उनका सिर्जनामापनि त्यतिकै परिष्कार आउँदै गयो । २०१४ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानकासदस्य पनि बने । स्वदेशमै प्राणत्याग गर्ने इच्छाअनुरूप उनी नारायणी अञ्चलकोदेवघाटमा संवत् २०२२ सालमा विलीन भए । उनको निधनमा नेपाल अधिराज्यभर शोकमनाइयो । २०२६ सालमा उनको योगदानलाई हृदयङ्गम गरी नेपाल राजकीयप्रज्ञाप्रतिष्ठानले सम्मानस्वरूप मरणोपरान्त भए पनि उनलाई त्रिभुवन प्रज्ञापुरस्कारप्रदान गर्यो । भानु पत्रिकाले लेखनाथ विशेषाङ्क निकालेर सम्मान दर्शायो । त्यसपछिक्रमशः नेपालीसाहित्यकारहरू उनको जयगान मनाउँदै जान थाले । उनको नाउँमापुरस्कार स्थापित भए, संस्था खोलिए, सालिक बने ।
३. कृतित्व
लेखनाथ पौड्याल कविता, काव्य र नाटकका क्षेत्रमा केन्द्रित छन् । उनका फुटकर रचनाप्रशस्तै भए पनि पुस्तकाकारमा प्रकाशित कृतिहरू यसप्रकार छन् :
१ ऋतुविचार (काव्य) १९७३ विकसितरूप १९९१
२. बुद्धिविनोद(काव्य) १९७३ सप्तप्रश्नात्मक (प्रथमविनोद) १९९४
३. भृतहरिनिर्वेद (नाटक) १९७४विकसित रूप २०२०
४. सत्यकलिसंवाद (काव्य) १९७६
५. गीताञ्जलि (स्तुतिकाव्य) १९८६
६. पञ्चतन्त्र (अनुवाद) २००४
७. लालित्य (कवितासङ्ग्रह) २०१०, दोस्रो भाग २०१५
८. त्याग र उदयको सन्देश (स्तुतिकाव्य) २००२
९. सत्यस्मृति (काव्य) २००९
१०. मेरो राम (काव्य) २०११
११. तरुण तपसी (नव्य काव्य) २०१०
१२.गौरीगौरव (नाटक) मञ्चन २००९ मा तर अप्रकाशित
१३.अभिज्ञानशाकुन्तल (अनुवाद) २०१५
१४.गङ्गागौरी (महाकाव्यांश)
१५.गीतासार (श्रीमद्भगवद्गीताको भावसार)
उपर्युक्त कृतिहरूका अतिरिक्त थुप्रै फुटकर कविताहरू र भूतनाथ (काव्य), भवितव्य,राधाकृष्णकेलि (हिन्दीनाटक) दिगम्बरविवाह, पार्वतीपरिणय (नाटक) पनि लेखनाथपौड्यालका उल्लेखनीय कृति हुन् । लेखनाथ पौड्यालका कृतिहरूको सूची हेर्दा गुणात्मकमूल्य महत्त्वपूर्ण मानिन्छ ।
४. कृतिगत मूल्य (प्रमुख कृतिहरूको आधारमा)
४.१. ऋतुविचार
यो काव्य शुरूमा १९७३ मा र विकसित रूप लिएर १९९१ मा प्रकाशित भएको हो ।संस्कृतमा कालिदासको ऋतुसंहार पढेर लेखनाथ पौड्याल प्रेरित भएको अनुभव यसकृतिले देखाउ“छ । यस पुस्तकमा छ ऋतुको अत्यन्त प्रभावकारी रूपले वर्णन गरिएकोछ । अनुष्टुप् छन्दमा अनेक समसामयिक उपमा, उत्प्रेक्षा, यमक र अनुप्रास अलङ्कारसजाउँदै रचिएको यो काव्य प्रकृतिबाटै निस्केको हो कि भन्ने भान पर्छ । उदाहरणकारूपमा दुई पङ्क्ति उद्धृत गरेर काव्यको रसास्वादन गर्नु मनासिब हुनेछ -
बाँध बाँधिदिँदा सोझै बह्यो पानी कुलाभरी
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैँ गरी । (वर्षाविचार-२७)
४.२ बुद्धिविनोद
बुद्धितत्त्व लेखनाथ पौड्यालका कवितामा पाइने महत्त्वपूर्ण पक्ष हो । 'संसार के हो ? ठूलोर सानो कसरी हुन्छ ? आत्मा कसरी जन्मन्छ ? संसारको रचना कसले गर्यो ? मर्नेजन्मने प्रक्रिया के हो ?' आदि प्रश्नमा गहिरिएर पौड्याल बुद्धिविनोदको माध्यमबाट प्रश्नगर्छन् । उनका केही श्लोक नमूनाका रूपमा उद्धृत गर्न सकिन्छ :
असत्य संसार असत्य देह हो
असत्यको भोग असत्य नै भयो
म सत्य आत्मा फिर जन्मने किन
तँलाई मालुम् छ कि यो कुरा मन ।
(श्लोक- २३)
एक बुद्धिविनोदको रचनाले मात्र लेखनाथ पौड्याललाई सन्तुष्टि मिलेन । जीवनसम्बन्धीरहस्यलाई लिएर उनले सात प्रश्न स्थापित गरे । ती सात प्रश्नहरू राख्तै सात बुद्धिविनोदलेख्ने उनले अठोट गरेर 'कहाँ थियो वास ?' भन्ने प्रश्नलाई लिएर उनले बुद्धिविनोदकोप्रथम विनोद १९९४ तयार पारे जो प्रकाशित पनि छ । तर अरु विनोद देखिएका छैनन् ।यो बुद्धिविनोद निकै खारिएको छ र बुद्धि र मनबीचको द्वन्द्व यहाँ प्रस्तुत छ । मनतृष्णामा लुटपुटिन्छ र बाहिरी जगत्सँग सम्बद्ध रहन्छ, बुद्धि विवेकमा रमाउँछ रआध्यात्मिक चिन्तन गर्दै आत्मातर्फ उन्मुख हुन्छ । बुद्धि र मनको द्वन्द्व देखाउनु नै यससप्तप्रश्नात्मक बुद्धिविनोदको सार प्रतीत हुन्छ । लेखनाथीय चिन्तन, सीप रभावजगत्सँग परिचित हुन एक श्लोक हेरौँ-
न साँध सीमा न त वारपार छ
गम्भीरताको न कुनै किनार छ
मडारिएको समतुल्य भैकन
तँलाई मालुम् छ कि यो कुरा मन ।
(श्लोक- ७०)
४.३ तरुण तपसी
कविशिरोमणि लेखनाथ पौड्यालको अत्यन्त खारिएको माझिएका मूर्धन्य कृतिकारूपमा तरुण तपसीको नाम लिइन्छ । यस काव्यको प्रकाशनसमय २०१० हो । तरुणतपसीका लेखकका अतिरिक्त यस काव्यभित्र दुई पात्र छन्, ती हुन् कवि र तरुण तपसी ।कान्ताविरही र तपस्यातिर उन्मुख कवि अनि तरुभित्र अन्तर्निहित तपसीकै माध्यमबाटप्रस्तुत काव्यको रचना भएको छ । उल्लिखित कवि भौँतारिँदै कुनै तरुतल(र्स्वर्गद्वारी)मापुग्छन् र तरङ्गिँदै रात परेपछि पनि त्यो रात त्यहीँ बिताउने विचार गर्छन् । त्यही एकरातको कथा तरुणतपसीभित्र छ । कवि सुध्याउने गर्छन् र तपसी आत्मकथा सुनाउँदैजान्छन् । आखिर तरुण तपसीको आत्मकथा सुनेर कविको विरहवेदना शान्त भईउनलाई तपस्याबोध राम्ररी हुन्छ र काव्य टुङ्गिन्छ । शिखरिणी छन्दमा रचित यो काव्यअत्यन्त रोचक र पदलालित्य एवं भावचयनका दृष्टिले पनि यसरी मनोहारी छ :
म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरू
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।
लेखनाथ पौड्यालरचित तरुण तपसीका सबै श्लोक उद्धृत गरे पनि उत्तिकै रोचक रस्वाभाविक देखिनेछन् । कविशिरोमणिको खारिएको कलम र विचारको उपलब्धिकारूपमा यो काव्य रहेको छ । यस काव्यभित्र पाइने खासखास विषयका रूपमा साङ्ख्य,योग र वेदान्तदर्शनको राम्रो प्रभाव र वेद, उपनिषद्, पुराण र गीतामा पाइने आदर्श यसकाव्यमा पनि प्रतिबिम्बित छ । पूर्वीय दर्शनका आधारमा कविको महत्त्वपूर्ण चिन्तनपनि सगबगाएको छ। ईश्वर, मान्छे, सृष्टि, स्वर्ग, नरक, मुक्ति र सांसारिक यात्रादेखाइनाले यस कृतिमा कविको राम्रो आध्यात्मिक विश्लेषण छ भने सामाजिकविश्लेषणको पनि कमी छैन । मानववादी भावना, पूँजीवादी अर्थतन्त्रको आलोचना, धर्म रविज्ञानको आलोचना, मान्छेप्रति व्यङ्ग्य, प्रेम र गान्धीवादको केही प्रभाव जस्ता प्रसङ्गयथास्थान देखिनाले यसमा सामाजिकतासँग कवि राम्ररी परिचित छन् । यस काव्यमाकविको वैचारिक पक्ष पनि प्रकृति, अन्तस्करण, परमात्मा जस्ता विषयमा सलबलाएकोपाइनाले प्रस्तुत काव्यलाई आफ्नै पनले नेपालीसाहित्यको पृष्ठभूमिमा विशिष्टउपलब्धिका रूपमा लिन सकिन्छ ।
४.४ अन्य कविता र काव्य
लेखनाथ पौड्यालका फुटकर कवितामध्ये केही लालित्य भाग १ र २ मा सङ्कलित छन् ।यी कवितामा पनि आध्यात्मिक प्रेम र चिन्तन राम्ररी प्रकटित छ, पदलालित्य, भाव रकलाको राम्रो संयोजन छ भने यसभित्र आधुनिकता र विज्ञानको आलोचना पनि छ ।परम्पराका आडमा हुर्केका कविका नसानसामा पूर्वीय दर्शन र परम्परा घुसेकालेकवितामा पनि सोही भाव प्रकट हुनु स्वाभाविक छ ।
कविका अरु काव्यकृतिहरूमा सत्यकलिसंवाद १९७६, गीताञ्जलि १९८६, त्याग रउदयको सन्देश २००२, सत्यस्मृति २००८, मेरो राम २०११ र गङ्गागौरी (महाकाव्यांश)प्रमुख छन् ।
सत्यकलिसंवाद- यो काव्य वसन्ततिलका छन्दमा लेखिएको छ । यसमा कविले सत्य रकलिको संवाद गराई हिन्दु समाजको महापतनको काव्यात्मक वर्णनगरेका छन् ।प्राचीन हिन्दु परम्पराको प्रतिनिधित्व सत्यले गरेको छ भने कलियुग अर्थात् हिन्दुसमाजमा मुस्लिम दबदबाले गर्दा हिन्दु आदर्श समाप्त भएको र पछि अङ्ग्रेजकोप्रवेशबाट वैज्ञानिक साधन र शिक्षाको प्रचार भए पनि सत्ययुगीन आदर्श पाउन कठिनभएको कुराको उल्लेख गर्दै सत्ययुग रहन लायक ठाउँ नेपाल मात्र भएको भनेरचन्द्रशमशेरको स्तुति पनि यस काव्यको अन्तमा गरिएको छ । सत्यकलिसंवादमाडरलाग्दा (राणाविरोधी) कुरा छन् भनेर चन्द्रशमशेरकहाँ उजूर पर्दा मगाइएछ र के हुने होभनी डराएका लेखनाथले अन्तमा चन्द्रशमशेरको उल्लेख प्रशंसापूर्वक गरेको भन्नेसुनिन्छ । माधवीको अङ्क ६-८ मा वर्षविचार छापिएको छ । उनको र्सवप्रथम प्रमुखकृति यही मानिन्छ, यद्यपि पछि आएर सबै ऋतुबारे उनले लेखे । यसैताका बुद्धिविनोद रसत्यकलिसंवाद पनि नेपालीवाङ्मयमा चम्किला कृतिका रूपमा जन्मे ।
संवत् १९७० मा श्री ५ पृथ्वीवीरविक्रम शाहको निधनमा रचिएको शोकप्रवाह काव्यपहिलो शोककाव्य र लेखनाथको पहिलो खण्डकाव्य पनि बनेको देखिन्छ । यस काव्यबारेडा. वासुदेव त्रिपाठीको भनाइ छ- "आत्म अनुभूतिको रङ्गमा जब जगतै रङ्गिन्छ,त्यतिखेर उच्चतम कविता प्रादुर्भूत हुन्छ भने 'शोकप्रवाह' खण्डकाव्यमा पनिहृदयतलको स्पर्शमा कविको जगत् आर्द्र बनेको छ" (लेखनाथ पौड्यालको कवित्वकोविश्लेषण तथा मूल्याङ्कन, पृ. ४८) । शोकप्रवाहदेखि गीताञ्जलि १९८६ सम्म पुग्दालेखनाथ शिशुबोधिनी, गोरखाशिक्षाभित्रका बालसाहित्यसामग्री तयार गर्न व्यस्त रहेकोदेखिन्छ भने भर्तृहरिनिर्वेद लेखेर नाटकतिर पनि उनले आफ्नो यात्राको श्रीगणेश गरेकाछन् ।
लेखनाथ पौड्यालले सेवा गरिएका मालिक भीमशमशेर श्री ३ पदमा आसीन भएपछिहर्षप्रकट गरेका थिए । त्यसै परिवेशमा उनीद्वारा ३४ श्लोकमा उपजाति छन्दमा रचिएकोयो काव्य व्यक्तिस्तुति भए पनि भाव, शिल्प र कवित्वका दृष्टिले एक उपलब्धि नैमानिन्छ-
सुचारु चन्द्रोदयबाद फेरि,
बालार्क जस्तो प्रभुलाई हेरी
समग्र नेपाल छ आज दङ्ग ।
(श्लोक: ६)
चक्रपाणि चालिसेले महाभारतको गद्यमा सङ्क्षिप्त सार उल्लेख गरेर सङ्क्षिप्त महाभारत रलेखनाथले सङ्क्षिप्त श्रीमद्भगवद्गीता लेखेर संयुक्त रूपमा १९७५ मा र्सवप्रथम प्रकाशितगरेको देखिन्छ । गीतासार मीठो गद्यमा प्रस्तुत गर्न सक्ने लेखनाथ पौड्यालको पाण्डित्यगीतासारमा पनि प्रकटित भएको छ । उनको नैतिक निष्ठा र हिन्दु आदर्शप्रतिको अनुरक्तिपञ्चतन्त्रको अनुवादले पनि देखाएको छ ।
त्याग र उदयको युगल प्रकाशकाव्यद्वारा राजषिर् जुद्धशमशेर र नवोदित पद्मशमशेरकोस्तुति गर्ने लेखनाथ पौड्यालले अमरज्योतिको सत्यस्मृति काव्य (२००८) लेखेर महात्मागान्धीका विचारहरू कवित्वका सा“चामा ढाल्दै गान्धीप्रति पनि श्रद्धाञ्जलि अर्पित गरे ।मात्राछन्दमा रचित यो काव्य दुई भागमा रचित छ- पूर्वस्मृति र उत्तरस्मृति गरेर ।पुर्वस्मृतिमा गान्धीका शोकप्रसङ्गको प्रत्यक्ष वर्णनगरिएको छ भने उत्तरस्मृतिमागान्धीका कर्ममय विचारलाई आफ्नो कवित्वका साँचामा ढाल्दै कविले व्याख्या गरेकाछन् ।
रामकथालाई लिएर धेरै कविले आफ्नोआफ्नो पारख देखाएका छन् । लेखनाथ पौड्याललेपनि मेरो राम (२०११) लेखेर रामप्रति आफ्नो भक्तिभाव प्रकट गर्नुका साथै आफ्नाकवित्वको प्रदर्शन पनि गरेका छन् । फुटकर कविताका माध्यमबाट पनि लेखनाथकोकवित्व अत्यन्त देदीप्यमान छँदैछ । अझ जीवनको उत्तर वयमा रचित तर अधुरैछाडिएको गङ्गागौरी महाकाव्य पनि लेखनाथका महत्त्वपूर्ण कृतिमध्ये एक मानिन्छ ।
लेखनाथको अन्तिम योगदानका रूपमा गङ्गागौरी महाकाव्यांशलाई अगि सार्न सकिन्छ। यस महाकाव्यको योजना बृहत् भए पनि रचना चाहिँ पाँच र्सगमै सीमित रहयो ।र्स्वर्गबाट पृथ्वीतलमा गङ्गा आएको र समस्त आर्यावर्तलाई पवित्र पारेको कथानक(पौराणिक) लिएर पनि आधुनिक शैली र भावले सजाउनु लेखनाथको लेखनसाधना जँचेपनि ठाउँठाउँमा अझै परिष्कार हुनुपर्ने कविको इच्छा भएको र सो पूरा नभएको देखिन्छ।
४.५ नाटककार लेखनाथ
कविताको पारख नाटकमा हुन्छ, सफल नाटककार नै वास्तविक कवि हो भन्ने कुरालेखनाथ पौड्यालले पनि बुझेका थिए । 'काव्येषु नाटकं रम्यम्' भन्ने पूर्वीय चिन्तनबुझने लेखनाथ पौड्यालले नाटक लेख्न धेरै प्रयास गरे र लेखे पनि । उनका प्रमुखनाटकहरूमा भर्तृहरिनिर्वेद र लक्ष्मीपूजा हुन् । अनुवाद एवं हिन्दीमा लेखिएका समेतगरेर त जम्माजम्मी ७ नाटक लेखनाथ पौड्यालका कृतित्वभित्र फेला पर्छन् ।लेखनाथको नाटककारिताको वर्गीकरण मौलिक, अनूदित र नेपालीभाषेतर गरी तीनप्रकारबाट गर्न सकिन्छ । उनका मौलिक नाटकहरूमा भर्तृहरिनिर्वेद र लक्ष्मीपूजा प्रमुखहुन्, अनूदितमा अभिज्ञानशाकुन्तल हो भने अरु नाटकमा भवितव्य र राधाकृष्णकेलि(हिन्दी नाटक) दरबारिया रङ्गमञ्चका लागि तयार गरिएका थिए । त्यस्तैदिगम्बरविवाह, पार्वतीपरिणय र गौरीगौरव नाटकमा कवित्वशिल्पभन्दारङ्गमञ्चविधामै ध्यान दिइएको पाइन्छ ।
उनका त्रिवेणी, भर्तृहरिनिर्वेद, लक्ष्मीपूजा र अभिज्ञानशाकुन्तल नाटकबारे चाहिँ केहीउल्लेख नगर्नु अधुरो नै हुनेछ । किनभने ती कृति नाटककार लेखनाथका स्मरणीयउपलब्धिका रूपमा लिइन्छन् ।
४.६ भर्तृहरिनिर्वेद
यो नाटक भर्तृहरिको जीवनचरित्रको आधारमा प्रदर्शन गर्न राममणि आ.दी. काआज्ञाअनुसार लेखनाथ पौड्यालले वि.सं. १९७४ मा तयार पारेका थिए । यो नाटकगद्यात्मक शैलीमा छ । यही नाटक उनको जीवनको अन्तिम चरण अर्थात् २०२० सालमापरिष्कृत रूप लिएर प्रकाशनमा आयो । त्यसैले लेखनाथको साधना केलाउ“दा यसनाटकले आफ्नै प्रकारको भूमिका कायम गरेको छ । यस नाटकको गद्यभाग राममणिरिसालले र पद्यभाग लेखनाथ पौड्यालले लेखेका हुन् भन्ने उल्लेख कतैकतै पाइन्छतापनि सरसल्लाह र परिष्कार राममणि रिसालको भए पनि मूल कृति चाहिँ लेखनाथपौड्यालकै हो भन्ने पुष्टि भइसकेकाले विवाद गर्ने ठाउँ छैन । लेखनाथकै कृति नभएपरिमार्जन गरेर लेखनाथले निकाल्नुपर्ने जरूरत थिएन । भाषा, शैली, कवित्व रविषयप्रस्तुतीकरणका दृष्टिले पनि यो महत्त्वपूर्ण छ ।
४.७ लक्ष्मीपूजा
लेखनाथ पौड्यालको दोस्रो नाटक तर सामाजिकताका दृष्टिले चाहिँ एक मात्र उल्लेखनीयनाटक हो लक्ष्मीपूजा । यो नाटक पनि भास, कालिदास, भवभूति जस्ता संस्कृतका नामीनाटककारका नाटक झैँ गद्यपद्यमय (मिश्रति) शैलीमा लेखिएको छ तर विषय चाहिँनेपाली समाजकै सेरोफेरोमा आधारित छ । पूर्वीय नाटकपरम्परामा रचिएको यसनाटकभित्र नारीजीवनका विवशता, तात्कालिक समाजका दोस्रा आडम्बर, जुवा रविलासले मलिन समाज एवं गरीबीले सताइएको जनजीवन देखाउँदै आध्यात्मिक चेतनाप्रकट गर्न खोजिएको यस नाटकका भाव, विषय र विश्लेषण प्रभावकारी प्रतीत भए पनिनाटकीय सङ्गठनका दृष्टिले फितलो देखिन्छ । जे होस्, यसभित्रका कविता चाहिँमनोरम छन् र सामाजिक अवस्था र नैतिक मर्यादा सम्झाउँछन्; यसरी-
दुराचारी भारी अधम शठ होस् तापनि पति
उसैलाई जानी सरस मनले जीवनगति
जती गर्छन् श्रद्धा प्रणय कुलनारीजन उति
रुँदी हुन् वा पृथ्वी मनमन हुँदी हुन् खुश अति !
४.८ अभिज्ञानशाकुन्तल (नाटक)
भनिन्छ, काव्यमा नाटक, नाटकमा कालिदासको अभिज्ञानशाकुन्तल अत्यन्त मनोहरछ । त्यसैले होला यस नाटकको अनुवाद नेपालीमा गर्न मोतीराम, पहलमान,शम्भुप्रसाद, खड्गमान प्रभृति जुरमुराए । त्यस्तै जुरमुराउनेहरूमा लेखनाथ पनि भए ।अझ शम्भुप्रसाद ढुङ्गेलले यस नाटकको अनुवाद गरी उनको अनुवाद लोकप्रिय भएपछित्यसभन्दा राम्रो अनुवाद गर्ने उद्देश्यले लेखनाथले यो पुस्तक तयार गरेका थिए (माधवघिमिरेबाट प्राप्त जानकारी) ।
शम्भुप्रसादसमकक्ष होस् वा त्यसभन्दा कमबढी जे होस्, लेखनाथ पौड्याललेअभिज्ञानशाकुन्तल नाटकको अनुवाद गरेर नेपालीभाषामा दिए । उनको खारिएकोअनुभव र माझिएको कवित्व यस नाटकमा कालिदासले संस्कृतमा झैँ नेपालीमालेखनाथ पौड्यालले पनि सोही भाव उतार्न प्रयास गरेका छन्, अनुवादक्षेत्रमा यो कृतिउपलब्धिपूर्ण नै ठहर्छ ।
पहाडको एउटा कुनामा जन्मेर कविशिरोमणि पदवीले सुशोभित हुँदै स्वदेश र विदेशमानेपाली कविता र काव्य, नाटक र एकाङ्कीका पाठकहरूलाई प्रभाव दिलाउ“दै एक तपसीवृक्ष झैँ एकासी हिउँद खाएर स्वदेशमै बिलाउने लेखनाथ पौड्यालको कविव्यक्तित्व धन्यछ:
प्रत्येक पुष्पको रूप रङ्गरेखा अनेक छ
तर सौर्न्दर्यको ज्योति तिनमा भित्र एक छ
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम'
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ।

No comments:
Post a Comment